नियम २६
एकल बिन्दु सेवा केन्द्र
(१) ऐनको दफा ३७ को उपदफा (१) मा उल्लिखित कार्यहरू समयमै उपलब्ध गराउन तथा सेवा प्रवाह गर्ने प्रयोजनको लागि विभागमा एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा रहनेछ।
(२) विभागको महानिर्देशकले एकल बिन्दु सेवा केन्द्रको प्रमुखको रूपमा कार्य गर्नेछ।
(३) एकल बिन्दु सेवा केन्द्रमा देहायका निकायको प्रतिनिधित्व रहनेछ:- (क) अर्थ मन्त्रालय,
(ख) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,
(ग) उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय,
(घ) गृह मन्त्रालय,
(ङ) भूमि व्यवस्था, सहकारी: तथा गरिबी निवारण मन्त्रालय,
(च) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,
(छ) वन तथा वातावरण मन्त्रालय,
(ज) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय.
(झ) नेपाल राष्ट्र बैड्ट,
(ज) नेपाल विद्युत प्राधिकरण,
(ट) नेपाल दुरसञ्चार प्राधिकरण,
(ठ) नेपाल सरकारले आवश्यक ठानेका अन्य सरकारी निकाय।
(४) एकल बिन्दु-सेवा केन्द्रको सञ्चालन र व्यवस्थापन गर्न सो केन्द्रमा आवश्यकता अनुसार देहायका एकाइहरू रहनेछन्:-
(क) विदेशी लगानी तथा प्रविधि हस्तान्तरण एकाइ,
(ख) उद्योग दर्ता तथा अनुमति एकाइ,
(ग) वातावरण तथा प्रविधि एकाइ,
(घ) प्रशासन तथा सुविधा एकाइ,
(ङ) कानून एकाइ,
(च) विदेशी विनिमय सहजीकरण एकाइ, (छ) कर तथा भन्सार सहजीकरण र ड्युटी ड्रुव्याक एकाइ,
(ज) भिसा सहजीकरण एकाइ,
(झ) जग्गा सहजीकरण एकाइ,
(ज) पूर्वाधार एकाइ,
(ट) कम्पनी रजिष्ट्रार एकाइ,
(ठ) श्रम तथा व्यवसायजन्य सुरक्षा एकाइ ।
(५) प्रचलित कानूनमा अन्यथा उल्लेख भएकोमा बाहेक एकल बिन्दु सेवा केन्द्रमा खटिने कर्मचारीले जुन निकायको प्रतिनिधित्व गर्ने हो सो. निकायबाट हुनुपर्ने निर्णय त्यसरी खटिने कर्मचारीबाटै हुनसक्ने गरी त्यस्तो कर्मचारी खटाउने निकायले खटिने कर्मचारीलाई अख्तियारी प्रदान गर्नु पर्नेछ।
(६) कुनै निर्णय एकल बिन्दु सेवा केन्द्रमा खटिने कर्मचारीबाट नभई प्रचलित कानूनबमोजिम सम्बन्धित मन्त्रालय वा निकायबाट मात्र हुनुपर्ने देखिएमा एकल बिन्दु सेवा केन्द्रले सो निर्णयको लागि सम्बन्धित मन्त्रालय वा निकायमा अनुरोध गरी पठाउनु पर्नछ।
(७) उपनियम (६) बमोजिम एकल निन्दु सेवा केन्द्रबाट निर्णयको लागि अनुरोध भएमा तत् तत् निकायले उच्च प्राथमिकता,दिई छिटो निर्णय गर्नु पर्नेछ।